नियम ७१
अवमुल्यन कोष
समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कर्पोरेशनको लगानीमा हुने अवमूल्यन पूर्ति गर्र्न आगो, वाढी आँधी तुफान, भुकम्प, दुर्घटना, हुलदंगा, चलन चल्ती समेतको कारणबाट कर्पोरेशनको कुनै भवन, वर्कप्लाण्ट, कलपूर्जा वा अरू सम्पत्ति नासिने वा नोक्सानी हुनेमा त्यसको बदलामा अर्को बनाउन त्यसको कुनै भाग मरमत वा हेरफेरर गर्न वा पूर्ति गर्न, राम्रो अवस्थामा राख्न वा त्यस्तो अचल सम्पत्ति बढाउनमा लगाउन सकिने गरी कर्पोरेरशनको मुनाफामध्ये आफूले उपयुक्त देखेजति अङ्क अवमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त अलग छुटयाउन सक्नेछ । त्यस्तो छुटयाईएकोमा कोषमा रहेको जायज्यथालाई कर्पोरेशनको कारोवारमा लगाउने पूरा अधिकार समितिलाई हुनेछ र सो जायज्यथालाई कर्पोरेशनको अरू जायज्यथाबाट अलग छुट्याई राख्न समिति वाध्य हुने छैन ।